कर्णालीले टस जितेर विराटनगरलाई दियो बलिङको निम्तो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को १६ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई बलिङको निम्तो दिएका हुन्।
कर्णाली याक्सको यो चौथो खेल हो। अघिल्लो ३ खेलमा कर्णालीले २ हार र १ जित निकालेको छ। कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हार बेहोरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले जित निकालेको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो।
विराटनगर किंग्सको यो पाँचौं खेल हो। विराटनगर किंग्सले अघिल्लो ४ खेलमा ३ जित र १ हार व्यहोरेको छ।विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले जितेको थियो। दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र जनकपुर बोल्ट्सलाइए ९ रनले जितेको थियो। चौथो खेलमा भने विराटनगर चितवन राइनोजसँग ४८ रनको हार व्यहोरेको थियो।
आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ।
प्रतिक्रिया दिनुहोस !