पावरप्लेमा कर्णालीले बनायो ३७ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को १६ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पावरप्लेमा ३७ रन बनाएको छ।
त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कर्णालीले पावरप्लेमा १ विकेट गुमाउँदै ३७ रन बनाएको हो।
कर्णालीले पहिलो विकेटको रूपमा मार्क वाट ६ रनमा क्याच भए।
६ ओभरको खेल सकिँदा प्रियांक पञ्चाल १४ र विलियम वासिस्टो ११ रनमा अविजित खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !