कर्णाली याक्सका ओपनर ब्याटर प्रियांक पञ्चालको अर्धशतक
काठमाडौं : कर्णाली याक्सका ओपनर प्रियांक पञ्चालले विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको कर्णालीका लागि उनले ४२ बलमा ४ चौका र २ छक्का सहित अर्धशत पूरा गरेका हुन्।
उनले दोस्रो विकेटको लागि विलियम वासिस्टोसँग ८१ रनको साझेदारी गर्दै खेलिरहेका छन्।
खेलको १५ ओभरमा १ विकेटको क्षतिमा १०४ रन बनाएको छ।
उनले चितवन राइनोजसँग यसअघि ९० रनको पारी खेलेका थिए।
प्रतिक्रिया दिनुहोस !