पावरप्लेमा विराटनगरले ३ विकेट गुमाउँदै बनायो ३५ रन

पावरप्लेमा विराटनगरले ३ विकेट गुमाउँदै बनायो ३५ रन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को १६ औँ खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पावरप्लेमा सुस्त सुरुवात गरेको छ। 

त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सले दिएको १६१ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले पावरप्लेमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको हो। 

विराटनगरका लागि पहिलो विकेट जर्ज मुन्से डकआउट भए। अर्का ओपनर लोकेश बमले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। 

तेस्रो विकेट साम हेज्जलेटको विकेट गयो। उनले १३ बलमा ३ चौकासहति १६ रन बनाए। 

६ ओभरको खेल सकिँदा वसिर अहमद ६ र साहिल पटेल ५ रनमा खेलिरहेका छन्। 

कर्णाली याक्सका लागि सोमपाल कामी, पवन सर्राफ र विलियम वसिस्टोले १–१ विकेट लिए। 


    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.