कर्णालीलाई ३ विकेटले हराउँदै विराटनगरले निकाल्यो चौथो जित

कर्णालीलाई ३ विकेटले हराउँदै विराटनगरले निकाल्यो चौथो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १६ औँ खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराउँदै विराटनगर किंग्सले जारी प्रतियोगितामा चौथो जित दर्ता गरेको छ। 

त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सले दिएको १६१ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १६३ रनसहित लक्ष्य पूरा गर्‍यो।

१९.५ ओभरमा वसिर अहमदको छक्काले विराटनगरको जित सुनिश्चित गर्‍यो। अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा वसिरले म्याच जिताउने प्रदर्शन गरे। 

विराटनगरका लागि वसिर अहमदले सर्वाधिक ६२ रनको अर्धशतकीय पारीसहित अविजित रहे । उनले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। 

विराटनगरका लागि पहिलो विकेट जर्ज मुन्से डकआउट भए। अर्का ओपनर लोकेश बमले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। 

तेस्रो विकेट साम हेज्जलेटको विकेट गयो। उनले १३ बलमा ३ चौकासहित १६ रन बनाए। पावरप्लेमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको हो।

चौथो विकेटका रूपमा साहिल पटेलको विकेट गयो। उनले १९ रन बनाए। पाँचौँ विकेट मर्चान्ट डी लाङ्गे २ रनमा पेभेलियन फर्किए। छैटौं विकेटको रूपमा नारायण जोशीको विकेट गयो। उनले १६ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए। छैटौं विकेटका लागि वसिर अहमद र नारायण जोशीको ६९ रनको साझेदारीले विराटनगरको लागि जितको नजिक पुर्‍याएका हुन्। 

सातौं विकेट प्रतिश जिसी ६ रनमा पेभेलियन फर्किए। कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे। 

कर्णालीका लागि बलिङ तर्फ सोमपाल कामी र गुल्सन झाले २–२ विकेट लिए। पवन सर्राफ, नन्दन यादव र विलियम वासिस्टोले १–१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि ओपनर ब्याटर प्रियांक पञ्चालले सर्वाधिक ६३ रन बनाए। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै रन आउटको रूपमा पेभेलियन फर्किए। पञ्चालले दोस्रो विकेटको लागि विलियम वसिस्टोसँग ९६ रनको साझेदारी गरेका थिए। 

पहिलो विकेटको रूपमा मार्क वाट ६ रनमा क्याच भए। दोस्रो विकेट प्रियांक पञ्चालको गएको थियो। तेस्रो विकेट गुल्सन झाको गयो। उनले १० बलमा २ चौका र १ छक्कासहित २० रन बनाउँदै सन्दीप लामीछानेको बलमा एलबीडब्ल्यू आउट भए। 

विलियम वासिस्टो ४८ र नाजिबुल्लाह जद्रान १२ रनमा अविजित रहे। 

विराटनगर किंग्सका लागि मर्चान्ट डी लाङ्गे र सन्दीप लामीछानेले १–१ विकेट लिए। 

कर्णाली याक्सले अघिल्लो ३ खेलमा कर्णालीले २ हार र १ जित निकालेको छ। कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हार बेहोरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले जित निकालेको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो। 

विराटनगर किंग्सले अघिल्लो ४ खेलमा ३ जित र १ हार बेहोरेको छ। विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले जितेको थियो । दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र जनकपुर बोल्ट्सलाइए ९ रनले जितेको थियो। चौथो खेलमा भने विराटनगर चितवन राइनोजसँग ४८ रनको हार बेहोरेको थियो। 

आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.