पावरप्लेमा जनकपुर बोल्ट्सको ब्याटिङ धरापमा
काठमाडौं : नेपाल प्रिमिर लिग (एनपीएल)को दोस्रो संस्करणको १८ औँ खेलमा जनकपुर बोल्ट्को खराब सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदान सुदूरपश्चिम रोयल्सविरुद्ध पावरप्लेमा ३ विकेटको क्षतिमा ३५ रन बनाइरहेको छ।
माज सदाकले १२ रन बनाए। आसिफ शेख डक आउट भए। मयन यादव ६ रनमा पेभेलियन फर्किए। शीर्ष क्रमका ब्याटर नचल्दा पावरप्लेमा जनकपुरको ब्याटिङ धरापमा परेको हो।
६ ओभरको खेलमा सञ्जय कृष्णमुर्ति शून्यमा र निकोल लोफ्टी इटोन १६ रनमा अविजित खेलिरहेका छन्।
सुदूरपश्चिम रोयल्सका लागि बलिङ तर्फ स्कट केगुइलिन २ र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !