कर्णाली याक्सले टस जित्यो, काठमान्डुलाई दियो बलिङको निम्तो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको १८ औँ खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर काठमान्डुलाई बलिङको निम्तो दिएका हुन्।
लिगमा काठमान्डु गोर्खाजको छैटौँ खेल हो। काठमान्डुले यसअघि ३ जित र २ हार बेहोरेको छ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँकग २९ रनले पराजित भएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हार बेहोरेको काठमान्डुले चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन र पाँचौँ खेलमा चितवन राइनोजलाई ५३ रनले हराएको थियो।
कर्णाली याक्सको यो पाँचौँ खेल हो। यसअघिको ४ खेलमा कर्णाली याक्सले एक मात्र जित दर्ता गरेको छ। पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हारेको कर्णाली याक्सले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन र चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेटले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !