कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई दियो १५० रनको लक्ष्य

कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई दियो १५० रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को १८ औँ खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको वीजयी लक्ष्य दिएको छ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्यािटङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनायो। 
कर्णाली याक्सका लागि गुल्सन झाले सर्वाधिक ४९ रनमा अविजित रहे। उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। 

प्रियांक पञ्चाल रोयल डकको रुपमा पेभेलियन फर्किए। उनी खेलको पहिलो बलमा करण केसीको बलमा कट एण्ड बोल्ड भए। दोस्रो विकेट विलियम वासिस्टो १ रनमा रनआउट भए। 

१ ओभर सकिँदा कर्णाली याक्सको दुई विकेट गएको थियो।

तेस्रो विकेटको रुपमा मार्क वाट रन आउट भए। उनले ३० रन बनाए। चौथो विकेट पवन सर्राफ ३५ रनमा सन्तोष यादवको बलमा एलबीडब्ल्यू आउट भए। नजीबुल्लाह जद्रान १२ रनमा क्याच आउट भए। सोमपाल कामी ६ रनमा कट एण्ड बोल्ड भए। 

सातौं विकेट दिपक डुम्रेको विकेट गयो। उनी १० रनमा बोल्ड भए। सातौं विकेटका लागि दिपक र गुल्सनले ५५ रनको साझेदारी गरे। 

नन्दन यादव १ रनमा अविजित रहे। 

काठमान्डु गोर्खाजका लागि रासिद खानले २ विकेट लिए।  करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए। 

लिगमा काठमान्डु गोर्खाजको छैटौं खेल हो। काठमान्डुले यसअघि ३ जित र २ हार बेहोरेको छ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँकग २९ रनले पराजित भएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हार बेहोरेको काठमान्डुले चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन र पाँचौं खेलमा चितवन राइनोजलाई ५३ रनले हराएको थियो। 

कर्णाली याक्सको यो पाँचौं खेल हो। यसअघिको ४ खेलमा कर्णाली याक्सले एक मात्र जित दर्ता गरेको छ। पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हारेको कर्णाली याक्सले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन र चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेटले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.