एनपीएल

जनकपुर बोल्ट्सविरुद्ध टस जितेर चितवन राइनोजले ब्याटिङ गर्दै

जनकपुर बोल्ट्सविरुद्ध टस जितेर चितवन राइनोजले  ब्याटिङ गर्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गतको २० औं खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। 

त्रिवि क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर जनकपुर बोल्ट्सलाई बलिङको निम्तो दिएका हुन्। 

चितवन र जनकपुर बोल्ट्स दुवैको यो पाँचौं खेल हो।  जनकपुर बोल्ट्सले ४ खेल खेलिसक्दा हालसम्म जित निकाल्न सकेको छैन । जनकपुरले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हार व्यहोरेको थियो। विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको पराजित भएको थियो।

चितवनले यसअघिको ४ खेलमा २ जित र २ हार व्यहोरेको छ। चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगिता सुरू गरेको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेको थियो। तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसँग ५३ रनको हार बेहोरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.