पावरप्लेमा जनकपुर बोल्ट्सले बनायो ५९ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत २० औँ खेलमा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सले पावरप्लेमा ५९ रन बनाएको हो।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमा १ विकेटको क्षतिमा ५९ रन बनाएको हो।
जनकपुरको पहिलो विकेटको रूपमा आसिफ शेख १८ रनमा बोल्ड भए। पहिलो विकेटका लागि आसिफ शेख र माज सादकले ४५ रनको साझेदारी गरेका थिए।
६ ओभरको खेल सकिँदा माज सदाक २६ र अनिल कुमार शाह १२ रनमा खेलिरहेका छन्।
चितवनका लागि कमल सिंह ऐरीले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !