जनकपुर बोल्ट्समा अनिल शाहको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सका अनिल शाहले अर्धशतक प्रहार गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले दिएको १७७ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरका लागि अनिल शाहले २८ बलमा २ चौका र ३ छक्का प्रहार गरेका हुन्।
यो अनिलको पहिलो अर्धशतक हो।
यसअघि जनकपुरका माज सदाकतले पनि अर्धशतक प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस !