बलेफीमा सडक विस्तार सुरु, घरटहरा हटाउने सहमति

बलेफीमा सडक विस्तार सुरु, घरटहरा हटाउने सहमति

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी बजार क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ सडक मापदण्ड भित्र पर्ने घर टहरा भत्काउन सुरु गरिएको छ।

बलेफी बजारबाट सुरु हुने ‘बलेफी जलबिरे तेम्बाथान’ वैकल्पिक राष्ट्रिय राजमार्गको सुरु बिन्दु बलेफी बजार क्षेत्रको सडक मापदण्ड भित्र पर्ने घर टहरा व्यवस्थापन कार्यमा स्थानीयसँग सहमति जुटेपछि भत्काउन सुरु गरिएको हो। स्थानीय बासिन्दा, बलेफी गाउँपालिका, वडा नं ५, सडक डिभिजन कार्यालय चरिकोट र निर्माण कम्पनी बीचको छलफलमा सहमति जुटेपछि बाटो विस्तारको काम सुरु भएको बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिए।

बलेफी गाउँपालिकाले यसअघि सहमतिका लागि गरेको पटक पटकको प्रयास असफल हुँदै आएको थियो। बलेफी बजार छिर्ने बिन्दुदेखि ७ वटा टहरा र पक्की घरहरूमा समेत ९ मिटर कायम गरी विस्तारको सहमति भएको अध्यक्ष तामाङले बताए। सहमति अनुसार निर्माण पक्षले मापदण्ड अनुसार घट टहरा भत्काउँदै सडक विस्तारको काम गर्ने र काम गर्नमा स्थानीयले अवरोध गर्ने छैनन्।

बलेफी गाउँपालिका-५ का कार्यवाहक अध्यक्ष नारायण खड्काले लामो समयदेखि रोकिएको बाटो विस्तारको गाँठो फुकाउन महत्वपूर्ण काम भएको सुनाए। स्थानीयले पहिले सडक विभागले भत्काउन मात्रै आदेश दिएको तर यसपालि भत्काउने र बनाउने समेत जिम्मेवारी लिएकाले सहमति बनेको जानकारी दिए। बाटो विस्तारको काम हुन नपाउँदा कालोपत्रेको काम समेत रोकिएको थियो। यो काम सकिएपछि कालोपत्रेको काम सुरु हुने सडक विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.