तानसेनमा उद्योगको बजार सुनिश्चितता गर्ने कार्यक्रम सञ्चालन

तानसेनमा उद्योगको बजार सुनिश्चितता गर्ने कार्यक्रम सञ्चालन

तानसेन : तानसेन नगरपालिकाले कृषि, पशु, पर्यटनमा आधारित उद्योगको बजार सुनिश्चितता गर्ने कार्यक्रम सुरु गरेको छ। तानसेन नगरपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सुरु भएको हो। तानसेन नगरपालिकाको लगानी र दायित्व संस्थाको प्राविधिक सहयोगमा नगरभित्रका ४० लघु तथा साना उद्यमहरूलाई स्तरीकरण र स्तर उन्नति गरी आर्थिक क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यसाथ कार्यक्रम लागू भएको हो।

नगरपालिकाभित्रका १४ वटै वडाबाट कृषि, पशुपालनमा आधारित उद्यम, जडीबुटी तथा वन पैदावारमा आधारित उद्यम, पर्यटनमा आधारित उद्यम, ढाका, करुवामा आधारित उद्यम, सेवामा आधारित उद्यमहरूमा आधारित रहेर वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन हुनेछ। जसका लागि तानसेन नगरपालिकाले ऐन नियम, निर्देशिका बनाई कार्यान्वयन गर्न लागेको हो।

लामो समयदेखि उद्यम गर्दै आएका, दीर्घकालीन सोच भएका, रोजगारी प्रदान गरेका उद्यमहरूको उत्पादन लाई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, उत्पादनमा वृद्धि गराउने, बिचौलिया हटाउने, रोजगारी बढाउने, स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म आर्थिक कारोबारमा वृद्धि गराउने कार्यक्रमको मुख्य लक्ष्य रहेको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। रोजगारी प्रवर्धन कार्यक्रमका लागि तानसेन नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

उद्यमी छनोटका लागि प्रत्येक वडा वडामा आवेदन माग भएको, आएका निवेदनहरूबाट ४० उद्यमहरू छनोट हुनेछन्। कार्यक्रमले सुरुको चरणमा ४० वटा उद्यमीहरूलाई विभिन्न विधि र प्रक्रियाबाट छनोट गर्ने छ। दोस्रो चरणमा ४० उद्यमीबाट उत्कृष्ट २० उद्यमी छानिने छन्। तेस्रो चरणमा २० उद्यमीबाट उत्कृष्ट १० उद्यमी छानिने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए।

सहर तथा ग्रामीण क्षेत्रमा रहेका साना तथा लघुउद्यमहरूलाई क्षमतावान् बनाउँदै रोजगारी, आयआजर्न वृद्धि गर्ने, प्रदेश तथा संघ क्षेत्रमा शासकीय क्षमता सुधार तथा बहु सरोकारवालबीच एकआपसमा भएका ज्ञान, अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको दायित्वका वरिष्ठ कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलले बताए। उद्यमहरूको भाटभटेनी, पैंचो, विभिन्न स्थानका बजार मन्डीहरू पहुँच सुनिश्चितता गरेको उनले बताए।

आफ्नो घरपरिवार, गाउँ ठाउँमा बसेर उद्यम गर्ने, रोजगारीमार्फत आयआर्जन बढाउने, कृषि, पशु तथा पर्यटनमा आधारित रहेर नगरपालिकाले दायित्वसँग मिलेर काम सुरु गरेको नगर प्रवक्ता यादव सिंह कार्कीले बताए। यो कार्यक्रमले उद्यमीहरूलाई सक्रिय बनाउने, नयाँ-नयाँ ज्ञान सिप प्रदान गर्ने, प्रतिस्पर्धा बढाई गुणस्तरीय उत्पादनमा क्रियाशील बनाउने, उद्यमीहरूलाई बिचौलियाबाट बचाई, श्रममा आधारित रहेर बजार मूल्य प्रदान गर्ने तानसेनन नगरपालिकाका योजना अधिकृत एवं फोकल पर्सन दुर्गाबहादुर थापाले बताए। २०८३ जेठ १५ सम्म अवधि रहेको कार्यक्रमको बजेट तानसेन नगरपालिकाको ५० लाख, दायित्वको १० लाख गरी ६० लाख रुपैयाँ रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.