विराटनगरको पावरप्लेमा खराब सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको २२ औँ लिग खेलमा लुम्बिनी लायन्सविरुद्ध विरटानगर किंग्सले पावरप्लेमा ३४ रन बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विरटानगर किंग्सले पावरप्लेमा २ विकेट गुमाएर ३४ रन बनाएको छ।
विराटनगरले ओपनरद्वय जर्ज मुन्से र फाफ डु पेल्सिसलाई सहजै गुमायो। जर्ज डकआउट भए भने पेल्सिसले ९ बलमा १२ रन बनाए।
लोकेश बम १७ र साम हेज्जलेट ५ रनमा खेलिरहेका छन्।
लुम्बिनीका लागि शेर मल्ल र अभिषेश गौतमले १–१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !