पोखराले जित्यो टस, पहिला बलिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २३ औँ खेलमा काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पोखरा एभेन्जर्सले पहिला बलिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर काठमान्डुलाई ब्याटिङको निम्तो दिएका हुन्।
काठमान्डुका लिग चरणको यो अन्तिम खेल हो। काठमान्डुले यसअघि ४ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। आजको खेलमा जित निकालेको खण्डमा काठमान्डु प्लेअफको लागि छनोट हुनेछ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले हार बेहोरेको थियो। चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन, पाँचौँ खेलमा चितवन राइनोजलाई ५३ रन र छैटौँ खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो।
पोखरको यो छैटौँ खेल हो। पोखराले यसअघिको पाँच खेलमा २ जित र ३ हार बेहोरेको छ। पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो। चौथो खेलमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटको हार बेहोरेको हो। पाँचौं खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो।
प्रतिक्रिया दिनुहोस !