पावरप्लेमा काठमान्डुको खराब सुरुवात

पावरप्लेमा काठमान्डुको खराब सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको लिग चरण अन्तर्गतको २३ औँ खेलमा पोखरा एभेन्सविरुद्ध काठमान्डु गोर्खाजले पावरप्लेमा खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु गोर्खाजले पावरप्लेमा २ विकेट गुमाउँदै ३१ रन बनाएको हो। 

काठमान्डुले पहिलो विकेटको रुपमा ओपनर आकाश त्रिपाठीको विकेट गयो। उनी धनन्जय लक्समको बलमा बोल्ड भए। दोस्रो विकेट रासिद खानको गयो। उनले १२ बलमा ७ रन बनाउँदै क्याच भए। 

६ ओभरको खेल सकिँदा ओपनर बेन चाल्र्सवर्थ १९ रन र मिलिन्द कुमार १ रनमा अविजित खेलिरहेका छन्। 

पावरप्लेमा पोखरा एभेन्जर्सका लागि दुवै विकेट धनन्जय लक्समले लिए। 

काठमान्डुको लिग चरणको यो अन्तिम खेल हो। काठमान्डुले यस अघि ४ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। आजको खेलमा जित निकालेको खण्डमा काठमान्डु प्लेअफको लागि छनोट हुनेछ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले हार बेहोरेको थियो। चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन, पाँचाैँ खेलमा चितवन राइनोजलाई ५३ रन र छैटौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो। 

पोखरको यो छैटौं खेल हो। पोखराले यसअघिको पाँच खेलमा २ जित र ३ हार बेहोरेको छ। पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो। चौथो खेलमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटको हार बेहोरेको हो। पाँचौं खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.