ब्याटिङमा पोखराको मध्यम सुरुआत
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले ब्याटिङमा मध्यम सुरुआत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याइरहेको पोखराले पहिलो ६ ओभरको खेल समाप्त हुँदा दुई विकेट गुमाएर ३७ रन बनाएको छ।
पोखराबाट हाल क्रिजमा रहेका कप्तान कुशल भुर्तेल ६ र तृतराज दास ९ रनमा खेलिरहेका छन्।
काठमान्डुका सन्नी पटेल र साहब आलमले समान एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस !