चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने
मंसिर १८, २०८२ बिहीबार १६:६:२६
काठमाडौं : सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा चितवनले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो।
टस हारेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने भएको छ।
आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले हराएको थियो।