पावरप्लेमा चितवनको खराब सुरुवात
काठमाडौं : सुदूरपश्चिम रोयल्सले दिएको १७० को लक्ष्य पछ्याएको चितवनले पावरप्लेमा खराब सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले पावरप्लेमा ३ विकेट गुमाउँदै ३६ रन बनाएको हो।
ओपनर डेविड मलान ६ रनमा राआउट भए। दोस्राे विकेट अर्जुन साउद १६ रनमा क्याच भए। सैफ जैब ६ रनमा क्याच भए।
६ ओभरको खेल सकिँदा रवि बोपारा २ र कुशल मल्ल ५ रनमा अविजित खेलिरहेका छन्।
सुदूरपश्चिम रोयल्सका लागि दिपेन्द्र सिंह ऐरी र हिक्मत महराले १–१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !