राष्ट्रिय टिमको छनोटमा अवमूल्यांकन भइरहेका स्पिनर साहब आलम

राष्ट्रिय टिमको छनोटमा अवमूल्यांकन भइरहेका स्पिनर साहब आलम

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को इतिहासमा पहिलो पटक ह्याट्रिकसहित ६ विकेट लिने नेपाली खेलाडी हुन्, साहब आलम। घरेलु प्रतियोगिताहरूमा पनि निकै राम्रो प्रदर्शन गर्ने साहब राष्ट्रिय टिमको छनोटबाट भने सधैँ ओझेलमा पर्छन्। ललित राजवंशीको विकल्पमा राखिइने साहबले हरेक प्रतियोगितामा आफ्नो कौशल प्रमाणित गरिरहेका छन्।

एनपीएलको दोस्रो संस्करणपछि भने उनलाई नेपाली स्पिन जगतले हेर्ने नजर परिवर्तन हुने ठूलो आकांक्षा रहनेछ। काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्ससँगको खेलमा नजिता काठमान्डु गोर्खाजको पोल्टामा सहज पारिदिने खेलाडी हुन्, साहब आलम। अन्तिम ओभरमा ह्याट्रिकसहितको ४ विकेट र समग्र खेलमा ६ विकेट लिँदै काठमान्डु गोर्खाजको बलिङमा एकल राज गरे।

जारी दोस्रो संस्करणको एनपीएलमा साहब आलमले ७ खेलमा १२ विकेट लिएका छन्। उनीसँगै सुदूरपश्चिम रोयल्सका अभिनाश बोहरा ६ खेलमा १२ विकेट लिएका छन्। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पनि ६ खेलमा १२ विकेट लिएका छन्। सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष ३ भित्र नेपाली खेलाडीहरूकै नाम छ। सोही शीर्ष ३ भित्र काठमान्डु गोर्खाजका लागि खेलिरहेका बायाँ हाते कौशल स्पिनर साहब आलम पनि छन्।

भैरहवाका २६ वर्षीय साहबले घरेलु प्रतियोगितामा राम्रै छाप छोडेका छन्। त्रिभुवन आर्मी क्लबबाट खेल्ने साहबले घरेलु प्रतियोगिताहरूमा आर्मीका लागि म्याच विनिङ प्रदर्शनहरू गरिसकेका छन्। एकै टिमबाट आर्मीबाट र हाल काठमान्डु गोर्खाजको टिमबाट खेल्ने भीम सार्की भन्छन्, ‘साहबले राम्रो खेल्छ भन्ने विश्वास छ। उसले चाहिएको बेलामा टिमका लागि विकेट निकाल्न सक्छ भन्ने विश्वास रहन्छ।’

साहबले पोखरा एभेन्जरसँगको खेलमा ६ विकेट लिएपछि समकक्षी सार्की भन्छन्,‘हामीसँगै आर्मीमा पनि खेल्छौँ। घरेलु प्रतियोगिताहरूमा पनि साहबको प्रदर्शन निकै अब्बल छ। मलाई साहबको बलिङमा सधैँ भरोसा हुन्छ।’ उनको यो भनाइले पनि साहब आलमले टिममा कमाएको विश्वास झल्किन्छ। कप्तान करण केसीले पनि विकेट निकाल्न नसकेको अवस्थामा साहबलाई बल थमाउँछन्।

जारी दोस्रो संस्करणको एनपीएलमा साहब आलमको प्रदर्शनमा निरन्तरता दिइरहेका छन्। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग १ विकेट लिए। दोस्रो खेलमा सुदूरपश्चिम रोयलसँग भने उनी विकेट विहीन भए। तेस्रो खेलमा विराटनगर किंग्ससँग साहबले २ विकेट लिए। लुम्बिनी लायनसँग १ विकेट लिए। चितवन राइनोजसँग २ विकेट लिँदा कर्णाली याक्ससँगको खेलमा भने उनी विकेट विहीन भए। पुनरागमनको रूपमा काठमाडौँ र पोखरासँगको खेलमा उनले एनपीएलको पहिलो ह्याट्रिक गर्ने बलरको रूपमा नाम दर्ता गराए। उनी एनपीएलको इतिहासमा पहिलो ह्याट्रिक लिने बलरको रूपमा चिनिनेछन्।

उनले पोखरासँगको खेलमा अन्तिम ओभरमा १९ रन डिफेन्ड गर्नुपर्ने थियो। यो जित काठमान्डुका लागि निकै महत्त्वपूर्ण थियो। काठमान्डुले यही जितबाट प्लेअफको यात्रा तय गर्‍यो। जसमा साहबको बलिङ निकै महत्त्वपूर्ण रह्यो। उनले अन्तिम ओभरमा १९ रन डिफेन्ड गर्न ह्याट्रिकसहित ४ विकेट लिँदै १३ रनको जित टिमलाई दिलाए। 

१९.१ ओभरमा ऋषि धवनलाई मिलन्द कुमारको हातमा क्याच गराउँदै पहिलो विकेट लिए। दोस्रो विकेटको रूपमा स्पिनर विपिन खत्रीको लिए। उनलाई डकआउटको रूपमा पेभेलियनको बाटो देखाइदिए। तेस्रो विकेटको रूपमा १९.३ ओभरमा आकाश चन्दको विकेट लिँदै साहबले ह्याट्रिक पुरा गरेका थिए। उनी त्यतिमा मात्रै अड्किएनन्, पोखराको नवौं विकेटको रूपमा आकाश चन्दको विकेट लिइसकेपछि साहबले सागर ढकाललाई १९.६ ओभरमा क्याच आउट गराउँदै पोखरालाई १५२ रनमा अलआउट बनाएका थिए। यो एनपीएलको दोस्रो संस्करणमा निकै यादगार खेल रहनेछ।

साहबका लागि पनि यो खेल यादगार हुनेछ। करियरमा बाउन्स ब्याक गर्नका लागि साहब को यो खेल याद रहनेछ। नेपाली राष्ट्रिय टिममा ‘इन एण्ड आउट’भइरहने साहबलाई करियरमा निरन्तरताका लागि एनपीएलमा गरेको प्रदर्शन भर्याङ हुन सक्छ।

खेलमा बल जति राम्री साहब घुमाउँछन् त्यति नै कम उनी बोल्न मन पराउँछन्। हत्तपत्त सामाजिक सञ्जाल र सञ्चार माध्यममा नदेखिने साहब मैदानमा भने विपरीत देखिन्छन्।

एनपीएलको एकै खेलमा ६ विकेट लिएका साहबले यसअघि प्रधानमन्त्री कप क्रिकेटमा पनि आर्मीको जितका लागि निकै राम्रो इनिङ्स खेलेका थिए। २०८० माघमा भएको प्रधानमन्त्री कपमा उनले आर्मीका लागि ६ विकेट लिएका थिए। कोशी प्रदेशलाई ८८ रनमा अलआउट गराउन साहबले मूलपानी क्रिकेट मैदानमा ३ मेडमसहित १४ रन मात्रै खर्चिएर ६ विकेट लिएका थिए। उनका केही प्रदर्शनहरूले गर्दा उनी राष्ट्रिय टिममा छनोट भए। सन् २०२१ मा नेपाल भर्सेस नेदरल्यान्ड्सको खेलमा उनले राष्ट्रिय टिमको लागि डेब्यू गरेका थिए। त्यसयता, पछिल्लो समय उनले २०२५ मा वेस्ट इन्डिजसँगको सिरिजमा नेपालका लागि खेलेका थिए।

साहब आलम अनुबन्धित टिम काठमान्डु गोर्खाजले लिग चरणका खेल सकाइसकेको छ। लिग चरणको खेलमा पाँच जितसहित काठमाडौं प्लेअफमा प्रवेश गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.