जनकपुर लुम्बिनीसँग पराजित हुँदा प्लेअफका चार टिमको लाग्यो टुंगो

जनकपुर लुम्बिनीसँग पराजित हुँदा प्लेअफका चार टिमको लाग्यो टुंगो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो।

यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओेभरका ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। जनकपुरले  दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १३६ रनसहित लक्ष्य पूरा गरेको छ। 

लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

लुम्बिनीको पहिलो विकेटको रुपमा सुमित महर्जन डाइमण्ड डक भए। इनिङ्सको पहिलो बलमा सुमित संगीथ कोरेको बलमा बोल्ड भए। डार्सी सर्ट ३० रनमा संगीत कोरेको हातबाट एलबीडब्ल्यू भए। निरोसन डिकवेल्लाले १७ रन बनाए। सन्दीप जोरा गोल्डेन डकआउट भए। जे जे स्मिथले २१ रन बनाए। दिलिप नाथ १५ र रुबिन ट्रम्पलमेन ६ रनमा अविजित रहे। 

जनकपुर बोल्ट्सका लागि संगीथ कोरेले ३ विकेट लिए र मयन यादवले २ विकेट लिँदा सञ्जय कृष्णमुर्थीले १ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको जनकपुर बोल्ट्सका लागि संगीथ कोरेलले सर्वाधिक ४५ रनमा अविजित रहे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले मयन यादवसँग सातौं विकेटको लागि ४९ रनको अविपजत साझेदारी गरे।

पहिलो विकेटको रुपमा ओपनर माज सदाकत आउट भए । पहिलो ओभरको पाँचौं बलमा माज विकेट किपरको हातमा क्याच भए। 

दोस्रो विकेट अनिल कुमार शाह ७ रनमा एलबीडब्ल्यूको रुपमा पेभेलियन फर्किए। आसिफ शेख १७ बलमा २ चौका र १ छक्कासहित २० रनमा क्याच भए। 

शुभ कंसाकरले ११ र सञ्जय कृष्णमुर्थी १४ रनमा पेभेलियन फर्किए। 

मयन यादव २७ रनमा अविजित रहे। उनले २३ बलमा समान १ चौका र १ छक्का प्रहार गरे। 

लुम्बिनी लायन्सका लागि बलिङ तर्फ रोहित पौडेल र शेर मल्लले २–२ विकेट लिए। जे जे स्मिथ र रुबिन ट्रम्पलमेनले १–१ विकेट लिए।   

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.