पावरप्लेमा सुदूरपश्चिमको मध्यम सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरण अन्तर्गतको २६ औँ खेलमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ।
शनिबारको पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले १ विकेट गुमाउँदै ३६ रन बनाएको हो।
सुदूरपश्चिमले पहिलो विकेटको रुपमा ओपनर विनोद भण्डारीको विकेट गुमायो। उनले १३ बलमा ३ चौकासहित १५ रन बनाए।
६ ओभरको खेल सकिँदा जोश ब्राउन २० र इशान पाण्डे १ रनमा अविजित खेलिरहेको छ।
विराटनगर किंग्सका लागि वसिर अहमदले १ विकेट लिए।
लिग चरणको दुवै टोलीको लागि यो अन्तिम खेल हो ।
सुदूरपश्चिमले ६ खेलमा ६ जितसहित अपराजित छ।
विराटनगरले समान ६ खेलबाट ४ जित र २ हारसहित ८ अंक जोडेको छ।
दुवै टोली प्लेअफको लागि छनोट भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !