पावरप्लेमा विराटनगरको उत्कृष्ट सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २६ औं खेलमा पावरप्लेमा उत्कृष्ट सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ८७ रन बनाएको छ।
विराटनगरका ओपनर ब्याटरले आक्रामक सुरुवात गरेका छन्।
साम हेज्जलेटले ३७ र फाफ डु पेल्सिस ४८ रनमा अविजित खेलिरहेको छ। यो पावरप्लेमा बनेको यो सिजनको सबैभन्दा उच्च स्कोर हो।
सुदूरपश्चिम रोयल्सले पावरप्लेमा ४ जना बलर प्रयोग गर्दा पनि विकेट निकाल्न सकेन।
प्रतिक्रिया दिनुहोस !