पावरप्लेमा चितवनको खराब सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको खेलमा खराब सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवन पावरप्लेमा ३ विकेट गुमाउँदै २३ रन बनाएको हो।
पहिलो विकेट अर्जुन साउद बोल्ड भएपछि १ रन पनि नजोड्दै २ विकेट गुमाएको हो। अर्जुन साउद १ रनमा बोल्ड भए। दोस्रो विकेट डेविड मलानको गयो। उनले ५ रन बनाए। तेस्रो विकेट रवि बोपारा १ रनमा क्याच भए।
६ ओभरको खेल सकिँदा सैफ जैब ४ र देव खनाल ११ रनमा अविजित खेलिरहेका छन्।
पोखरा एभेन्जर्सका लागि धनन्जय लक्सनले २ विकेट लिए। विपिन खत्रीले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !