पावरप्लेमा पोखराले बनायो ३८ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २७ औँ खेलमा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले राम्रो सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा ३८ रन बनाएको हो।
६ ओभरको खेल सकिँदा ओपनर अर्जुन कुमाल ८ रन र एडम रोसिङ्टन २९ रनमा अविजित रहेका छन्।
यी दुवै टिमको यो अन्तिम लिग खेल हो। दुवै टिम प्लेअफबाट बाहिरिई सकेका छन्।
प्रतिक्रिया दिनुहोस !