जनकपुरले जित्यो टस, कर्णालीले पहिला ब्याटिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिगकाे अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान निकोल लोफ्टी इटोनले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन्।
यी दुवै टोलीले लिग चरणको अन्तिम खेल हो। यी दुवै टोलीले अगाडिका ६ खेलमा १ मात्र जित निकालेका छन्। यो खेलबाट अंक तालिकाको पुछारमा रहने टिमको टुंगो लाग्नेछ।
यो सातौँ र आठौं स्थानको खेल हो। जित्ने टिम सातौँ स्थानमा रहन्छ भने हार्ने टिम एनपीएलमा एक मात्र जितसँगै दोस्रो संस्करण सक्नेछ।
प्रतिक्रिया दिनुहोस !