पावरप्लेमा कर्णालीको खराब सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पावरप्लेमा खराब सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा आइतबार भएको लिग चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २ विकेट गुमाउँदै २६ रन बनाएको हो।
पहिलो विकेटको रूपमा मार्क वाट संगीथ कोरेको बलमा एलबीडब्ल्यू भए।
दोस्रो विकेटको रूपमा प्रियांक पञ्चाल पावरप्लेको अन्तिम त्रबलमा क्याच भए। उनले १८ बलमा ३ चौका रनसहित १६ रन बनाए।
६ ओभरको खेल सकिँदा इम्रान शेख ६ रन र गुल्सन झा नयाँ ब्याटरको रूपमा खेलिरहेका छन्।
जनकपुरका लागि बलिङ तर्फ संगीथ कोरे र ललित राजवंशीले १–१ विकेट लिए।
यी दुवै टोलीले लिग चरणको अन्तिम खेल हो। यी दुवै टोलीले अगाडीका ६ खेलमा १ मात्र जित निकालेका छन्।
यो खेलबाट अंक तालिकाको पुछारमा रहने टिमको टुंगो लाग्नेछ। यो सातौं र आठौं स्थानको खेल हो। जित्ने टिम सातौं स्थानमा रहन्छ भने हार्ने टिम एनपीएलमा एक मात्र जितसँगै दोस्रो संस्करण सक्नेछ।
प्रतिक्रिया दिनुहोस !