कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं : कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ। 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। 

कर्णालीका लागि डेब्यु खेल खेलेका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए। ३२ बलमा समान १ चौका र १ छक्का हिर्काए।  इमरानलाई ललित राजवंशीले संजय कृष्णमुर्थीबाट क्याच गराएका थिए। २० बलमा १९ रन बनाएका गुल्शन झालाई माज सादकतले अनिलकुमार शाहबाट क्याच आउट गराए। 

प्रियांक पाञ्चालले १८ बलमा १६ रनको योगदान गरे। तीन चौका प्रहार गरेका उनलाई ललित राजवंशीले कारीको हातबाट क्याच आउट गराएका हुन्। विलियम वसिस्टोले १५, नाजीबुल्लाह जद्रानले १३ रन बनाए। सोमपाल कामी १८ रनमा अविजित रहे। 

दोस्रो एनपिएलमा पहिलो सतक प्रहार गरेका मार्क वाट ७ बलमा ४ रन बनाउँदा एलबिडब्लू धराप परे। 

दुई खेलमा बेन्चमै रहेर कमब्याक गरेका ललितले २ विकेट लिए। उनीसँगै आदित्य महताले पनि २ विकेट लिए। संगिथ कोरे, माज सादकत र अनिल शाहले समान १–१  विकेट लिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.