पावरप्लेमा जनकपुरको कमजोर सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पावरप्लेमा कमजोर सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले पावरप्लेमा २ विकेट गुमाउँदै २६ रन बनाएको छ।
आसिफ शेख र अनिल शाह डकआउट भए। ६ ओभरको खेल सकिँदा माज सदाकत ११ र मयन यादव ९ रनमा अविजित खेलिरहेका छन्।
कर्णाली याक्सका लागि पवन सर्राफ र मार्क वाटले १–१ विकेट लिए।
यी दुवै टोलीले लिग चरणको अन्तिम खेल हो। यी दुवै टोलीले अगाडीका ६ खेलमा १ मात्र जित निकालेका छन्। यो खेलबाट अंक तालिकाको पुछारमा रहने टिमको टुंगो लाग्नेछ। यो सातौं र आठौं स्थानको खेल हो। जित्ने टिम सातौं स्थानमा रहन्छ भने हार्ने टिम एनपीएलमा एक मात्र जितसँगै दोस्रो संस्करण सक्नेछ।
प्रतिक्रिया दिनुहोस !