कर्णालीविरुद्ध सञ्जय कृष्णमुर्थीले बनाए अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध सञ्जय कृष्णमुर्थीले अर्धशत पूरा गरे।
त्रिवी क्रिकेट मैदानमा जारी खेलमा सञ्जयले ३७ बलमा १ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे ।
पाँचौं विकेटको लागि सञ्जयले संगीथ कुरेसँग ७५ रनको साझेदारी गर्दै जनकपुरको स्कोर उकासेका थिए।
सञ्जयले यसअघि सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतकीय पारी खेलेका थिए।
प्रतिक्रिया दिनुहोस !