दोस्रो संस्करणको एनपीएलमा पहिलो फाइनलिस्ट बन्ने होडमा सुदूरपश्चिम र विराटनगर

दोस्रो संस्करणको एनपीएलमा पहिलो फाइनलिस्ट बन्ने होडमा सुदूरपश्चिम र विराटनगर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ। पहिलो क्वालिफायरमा तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। 

पहिलो क्वालिफायरको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ। यो खेलबाट दोस्रो संस्करणको एनपीएलले आफ्नो पहिलो फाइनलिस्ट टिम पाउनेछ। 

यो खेलमा हार्ने टिमले फाइनल पुग्ने अर्को एउटा अवसर पनि पाउनेछ। यो खेलमा हार बेहोर्ने टिमले एलिमिनेटरमा लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबाट जितेर आउने टिमसँग दोस्रो क्वालिफायरको खेल खेल्ने अवसर पाउनेछ। शीर्ष २ मा रहेका यी दुई टिमलाई यो फाइदाको कुरा हो। 

सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा बनाएको आफ्नो छवि पछ्याउँदै फाइनल खेल्न चाहन्छ। पहिलोपटकको प्लेअफमा स्थान बनाएको विराटनगर किंग्स पनि बलिया विदेशी खेलाडीहरूको साथमा फाइनलमा स्थान बनाउने होडमा हुनेछ।
लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्ससँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा हारको बदला लिने दाउमा हुनेछ। त्यस्तै विराटनगर किंग्स भने सोही लयलाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ।

जोश ब्राउन र क्रिस लिन बिनाको सुदूरपश्चिम
सुदूरपश्चिम रोयल्सका लागि ब्याटिङमा भरपर्दा दुई अस्ट्रेलियन खेलाडी क्रिस लिन र जोश ब्राउनले एनपीएललाई बिदाइ भन्दै अस्ट्रेलिया उडेका छन्। यी दुई खेलाडीले पहिलो क्वालिफायर अगाडि टिम छोड्दा सुदूरपश्चिमको ब्याटिङ डिपार्टमेन्ट केही कमजोर पक्कै बन्नेछ। यी दुई खेलाडीलाई प्रतिस्थापन गर्न सुदूरपश्चिम रोयल्सले पाकिस्तानी खेलाडी मुक्तर अहमिदलाई टिममा अनुबन्ध गरेको छ। त्यस्तै दुई खेलाडीको प्रतिस्थापनको अर्को विकल्प सेल्डोन ज्याक्सन हुन्। यी दुई खेलाडी पनि ब्याटर हुन्। दुई अस्ट्रेलियन खेलाडीको विकल्पमा सुदूरपश्चिमले पहिलो क्वालिफायरको खेल अगाडि यी दुई खेलाडीलाई अनुबन्ध गरेको हो।

पहिलो संस्करणमा फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिमले पहिलो संस्करणको अधुरो सपना पूरा गर्न फाइनलमा पुग्न चाहन्छ। सुदूरपश्चिम रोयल्स नेपाली खेलाडीलाई सबैभन्दा बढी मौका दिने टिम हो। सुदूरपश्चिममा नेपाली खेलाडीले पनि ‘म्याच विनिङ’ प्रदर्शन गरिरहेका छन्। 

जसमा ओपनर विनोद भण्डारी, मध्यक्रमका ब्याटर इशान पाण्डे, आरिफ शेख तथा कप्तान दीपेन्द्र सिंह ऐरी पनि महत्त्वपूर्ण खेलाडी हुन्। खेलाडीहरूले पनि ‘म्याच मिनिङ पर्फमेन्स’ दिन सक्छन्। 

बलिङतर्फ एनपीएलको लिग चरणमा सन्दीप लामिछानेपछि सबैभन्दा बढी विकेट लिने अभिनाश बोहोरा यहि टिममा छन्। उनले ७ खेलमा १४ विकेट लिएका छन्। उनको साथमा हेमन्त धामी, नरेन साउद, स्कट केगुइलिन, हर्मित सिंह जस्ता खेलाडीहरू छन्। हर्मितले ब्याटिङमा पनि उत्तिकै आक्रामक  प्रदर्शन गर्ने क्षमता राख्दछन्। अस्ट्रेलियन ब्याटरको कमी केही खड्किए पनि नेपाली खेलाडी र बाँकी विदेशी खेलाडीको साथमा सुदूरपश्चिमले आफूलाई फाइनलमा देख्न चाहन्छ। 

नेपाली घरेलु तथा उमेर समूह र राष्ट्रिय टिमको पनि सर्वाधिक सफल नेपाली प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिमको पहिलो लक्ष्य फाइनल पुग्ने नै हुनेछ। उनी बारम्बार विदेशी प्रशिक्षकको प्रशिक्षणलाई हराउँदै लिग चरणमा ६ खेलसम्म अपराजित रहँदै तालिकाको शीर्षमा टिमलाई राख्न सफल भएका थिए। यस अर्थमा जगत टमटाको रणनीति लिग चरणको खेलमा भन्दा पहिलो क्वालिफायरमा केही फरक हुनेछ। 

बलियो ब्याटिङ र सन्दीपको बलिङको भर विराटनगरलाई 
लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएको टिम हो विराटनगर किंग्स। लिग चरणको अन्तिम खेलमा जित निकालिसकेपछि विराटनगरको मानसिकता निकै बलियो छ। अपराजित रहेको सुदूरपश्चिमलाई हराएको विराटनगरले पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई नै हराएर फाइनल पुग्न चाहन्छ। 

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा विदेशी खेलाडीको राम्रो ब्याटिङ कौशल बोकेको टिम हो। फाफ डु पेल्सिस, मार्टिन गप्टेल, जर्ज मुुन्से र साम हेजलेट जस्ता खेलाडीहरू बलियो ब्याटिङ क्षमता प्रदर्शन गर्न सक्छन्। विशेषतः लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध नै खेलेको यो टिमले जित निकाल्दा सोही मानसिकता र रणनीतिका साथ सुदूरपश्चिमलाई हराउने जमर्कोमा रहनेछ।

विराटनगर किङ्सको शीर्ष ३ ब्याटरको प्रदर्शन यो टिमका लागि सबैभन्दा महत्त्वपूर्ण हुनेछ। विराटनगरको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै ब्याटिङ भएका कारण शीर्ष ३ का खेलाडीको प्रदर्शन निकै महत्त्व राख्नेछ। विराटनगरको ब्याटिङ शीर्ष ३ ब्याटरको प्रदर्शनमा धेरै निर्भर छ। 

विराटनगरको बलिङमा सन्दीप लामिछाने, प्रतिश जिसी, मार्चेन्ट डे लाङ्गे, सूर्य तामाङ, सुवास भण्डारी, नारायण जोशी जस्ता विकल्पहरू रहेका छन्। बसिर अहमदले पनि चाहिएको बेला टिमलाई विकेट निकालेर दिन सक्छन्। बसिरले कर्णाली याक्सविरुद्ध खेलेको म्याचमेनिङ प्रदर्शन टिमले याद राख्नेछ। यसको आधारमा बसिर अहमद ब्याटिङ र बलिङ दुवै तर्फबाट टिमलाई खेल जिताउन सक्ने खेलाडी हुन्।

धमिका प्रसादको प्रशिक्षणमा रहेको यो टिमले सुदूरपश्चिम रोयल्सलाई हराउने क्षमता राख्दछ। जसका कारण पहिलो क्वालिफायरको सुदूरपश्चिम भर्सेस विराटनगरको खेल फाइनल सरह हुनेछ।

त्रिविको पिच 
त्रिवि क्रिकेट मैदानमा अब बाँकी रहेका सबै खेल ‘डे नाइट फम्र्याट’का छन्। यो खेलमा ड्यू (शित)ले केही प्रभाव पार्नेछ। फरक–फरक पिच भएका कारण पहिलो क्वालिफायरको खेलमा पिच र टसमा पनि टिमको राणनीति भर पर्नेछ। त्रिविको कुनै पिच ब्याटिङ पिच साबित भइरहेको छ भने कुनैमा स्पिनर र तीव्र गतिका बलरको लागि सहज हुने पिच छन्। पिच हेरेर कप्तानले टसमा सही निर्णय लिन सक्नुपर्छ। सोही अनुसारको टिम छनोटसहित दुवै टिम जितको प्रयासमा हुनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.