आईपीएल २०२६ का लागि खेलाडी लिलामी सूची सार्वजनिक

आईपीएल २०२६ का लागि खेलाडी लिलामी सूची सार्वजनिक

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का खेलाडी लिलामी सूची मंगलबार जारी गरिएको छ। यसमा कुल ३५० खेलाडीहरूको नाम समावेश छ। 

यी खेलाडीको लिलामी डिसेम्बर १६ मा यूएईको अबुधाबीमा हुनेछ।  

आईपीएलको आधिकारिक वेबसाइटका अनुसार लिलामीका लागि कुल १,३९० खेलाडीले नाम दर्ता गरेका थिए। यसमध्ये ३५० जना छनोट भएका छन्। यसमा २४० भारतीय र ११० विदेशी खेलाडी छन्।

यसका साथै सूचीमा २२४ अनक्याप्ड भारतीय खेलाडी र १४ अनक्याप्ड विदेशी खेलाडी समावेश छन्।

डिसेम्बर १६ मा हुने लिलामीमा फ्रान्चाइजीहरूले कुल ७७ उपलब्ध स्लटहरूका लागि प्रतिस्पर्धा गर्नेछन्। यीमध्ये ३१ स्लटहरू विदेशी खेलाडीका लागि आरक्षित छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.