पावरप्लेमा विराटनगरको खराब सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयलसविरुद्ध विराटनगर किंग्सले खराब सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले पावरप्लेमा ३ विकेट गुमाउँदै ३४ रन बनाएको हो।
विराटनगरले पहिलो बलमा ओपनर साम हेजलेटको विकेट गुमायो। उनी स्कट केगुइलिनको बलमा दिपेन्द्र सिंह ऐरीको हातमा क्याच भए। दोस्रो विकेट मार्टिन गप्टिल २ रनमा रनआउट भए। तेस्रो विकेटको रुपमा नरेन भट्ट क्याच आउट भए।
पावरप्लेमा विराटनगरका दुई खेलाडी डकआउट हुँदा विराटनगरको ब्याटिङ धरापमा परेको हो।
६ ओभरको खेल सकिँदा फाफ डु पेल्सिसले २१ र वसिर अहमदले ११ रन बनाएर खेलिरहेका छन्।
सुदूरपश्चिम रोयल्सका लागि हर्मित सिंह र स्कट केगुइलिनले १–१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !