विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। 

सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदै अलआउट भयो।

विराटनगरका लागि फाफ डु पेल्सिसले सर्वाधिक ३६ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। विराटनगरले पहिलो बलमा ओपनर साम हेजलेटको विकेट गुमायो। उनी स्कट केगुइलिनको बलमा दीपेन्द्र सिंह ऐरीको हातमा क्याच भए। दोस्रो विकेट मार्टिन गप्टिल २ रनमा रनआउट भए। तेस्रो विकेटको रूपमा नरेन भट्ट क्याच आउट भए। 

पावरप्लेमा विराटनगरका दुई खेलाडी डकआउट हुँदा विराटनगरको ब्याटिङ धरापमा परेको हो। वसिर अहमदले १२ रन बनाए। २ जना खेलाडी डक र पाँच जना खेलाडी दोहोरो अंक नबनाई पेभेलियन फर्किए। 

ब्याटिङ बलियो भएको विराटनगरको आज ब्याटिङ नचल्दा हार व्यहोरेको हो। अन्तिम विकेटको रूपमा सन्दीप लामीछाने ३ रनमा क्याच भए। 

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ हर्मित सिंह, स्कट केगुइलिन र अभिनाश बोहोराले २–२ विकेट लिए। हेमन्त धामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि विनोद भण्डारीले ६३ रन प्रहार गरे। उनले ५२ रनमा ३ चौका र २ छक्का प्रहार गरे। 

सुदूरपश्चिमले पहिलो विकेटको रूपमा मुख्तर अहमदको विकेट गयो। मुख्तरले १० रन बनाए। दोस्रो विकेटको रूपमा सेल्डन ज्याक्सनको विकेट गयो। उनले २० रन बनाए। 

तेस्रो विकेटको रूपमा इशान पाण्डे क्याच भए। उनलाई १२.५ औँ ओभरमा नरेन भट्टले ‘लङ अन’मा उत्कृष्ट क्याच गरे। उनले बाउन्ड्री नजिकै भएको बललाई एक हातले भित्र हाल्दै बाहिरबाट आएर सोही बल क्याच गर्दै इशानलाई पेभेलियन फर्काए। इशानले १३ रन मात्रै बनाए। 

१३.३ ओभरमा दीपेन्द्र सिंह ऐरी रनआउट भए। उनी ३ रनमा मर्चेन्ट डी लाङ्गेको थ्रोमा विकेट किपर लोकेश बमले रनआउट गराए। उनले ओपनर विनोद भण्डारीसँग २ रन लिने दाउमा रनआउट भएका हुन्। 

हर्मित सिंह १४ रनमा क्याच भए। आरिफ शेख २० रनमा बाउन्ड्रीमा क्याच भए। 

स्टक केगुइलिन १ र मिलन बोहोरा ४ रनमा अविजित रहे। 

विराटनगर किंग्सका लागि बलिङ तर्फ मार्चेन्ट डे लाङ्गे  र प्रतिश जिशीले २–२ विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट लिए।
 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.