पाल्पाको दमकडा माविलाई आईएसओ सर्टिफाइड लोगो

पाल्पाको दमकडा माविलाई आईएसओ सर्टिफाइड लोगो

तानसेन : पाल्पाको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण फड्को मार्दै आएको दमकडा माध्यमिक विद्यालयले आईएसओ सर्टिफाइड विद्यालयको मान्यता पाउने गरी आफ्ना गतिविधि बढाएको छ। विद्यालय शिक्षालाई गुणस्तरीय, अनुशासित, संस्कारी र सिक्ने, टिक्ने र बिक्ने गरी विकास गर्न विद्यालयले भौतिक तथा शैक्षिक विभिन्न गतिविधिका सूचकहरू पूरा गरेपछि दमकडा माविले आईएसओ सर्टिफाइड लोगो पाएको छ। पाल्पामा आईएसओ सर्टिफाइड लोगो पाउने दमकडा मावि पहिलो विद्यालय बनेको छ।

विद्यालय सुधारका लागि लगातार ७ महिनाको मिहिनेतपछि विभिन्न ५१ वटा विद्यालय सुधारका सूचकहरू पूरा गरी, तोकिएका सूचकहरूको अनुगमन, मूल्यांकन, तथा प्रमाणीकरण गरी विद्यालयलाई ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले दमकडा माविलाई आईएसओ सर्टिफाइड लोगो प्रदान गरेका हुन्।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्याल, विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा, आईएसओ विद्यालयका संयोजक जीवन आचार्यलाई काउन्सिलका नेपाल प्रतिनिधि शर्माले विद्यालयलाई आईएसओ सर्टिफाइड लोगो प्रदान गरे।

लोगो पाएसँगै अब दमकडा माविले आगामी तीन वर्षभित्र बाँकी तीन सय सूचकहरू पूरा गरी ती सूचकहरूलाई व्यवस्थापन प्रणालीमा स्थायी रूपमा लागू गरी पूर्ण आईएसओ सर्टिफाइड विद्यालयको रूपमा घोषणा हुने बाटो खुलेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.