भैरहवामा मौसम खराब हुँदा काठमाडौंमै अड्किए रवि लामिछाने

भैरहवामा मौसम खराब हुँदा काठमाडौंमै अड्किए रवि लामिछाने
तस्बिर : अन्नपूर्ण

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने थुनामुक्त प्रक्रियाका लागि भैरहवा आउन लाग्दा मौसम खराबीका कारण काठमाडौंमै रोकिन पुगेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका  लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विभिन्न सर्तहरूसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । प्रक्रिया पुरा गरेर थुनामुक्त गर्न उनलाई काठमाडौंको नख्खु कारागारबाट विमानमार्फत जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराउनका लागि ल्याउन लागिएको हो।

उनलाई थुनामुक्तको प्रक्रियाका लागि नख्खु कारागारबाट शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन्। 

तर,भैरहवामा मौसम खराबीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा लामिछाने काठमाडौंमैं रोकिएका छन् । मौसम खराबीका कारण विमानस्थल हालसम्म नखुलेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

‘बाक्लो हुस्सु लागेकोले विमानस्थल बन्द हुँदा आज यहाँबाट विमान उडान अवतरण भएको छैन,'उनले अन्नपूर्णपोष्ट् अनलाइनसँग भने,'मौसममा सुधार भएपछि विमानस्थल खुल्ला हुन्छ । जसका लागि केही समय लाग्न सक्छ ।'

उनका अनुसार विमानस्थल खुल्ला गर्नका लागि १८०० सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । जुन अहिले १२०० सय मिटर मात्र छ ।


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.