प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.३८ अंकले घटेर २६१४.६४ विन्दुमा अडिएको छ।
यो समयमा ५५ वटा स्क्रिप्सको १० हजार ४९१ कित्ता सेयर ९२ लाख ९२ हजार ६१६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !