एन.पि.आई. नारायणी सामुदायिक हस्पिटलले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने

एन.पि.आई. नारायणी सामुदायिक हस्पिटलले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने

काठमाडौं : एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविश्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले उक्त शेयर निश्काशन कार्यका लागि शेयर निश्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ। 

जारी पूँजी ३ अर्व ५० करोड रुपैयाँ रहेको यस एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ। थप सेवा विस्तारका लागि निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्नेभएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी गराए।

हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको  एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडको स्थापना वि.सं. २०६३ मा भएको र हाल यसको वार्षिक कारोवार १.१५ अर्व रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन्। 

आज भएको सो सम्झौतामा एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए। हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठको उपस्थिति रहेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.