नेकपाले सिन्धुपाल्चोबाट राजेन्द्र सापकोटालाई बनायो राष्ट्रिय सभाको उम्मेदबार

नेकपाले सिन्धुपाल्चोबाट राजेन्द्र सापकोटालाई बनायो राष्ट्रिय सभाको उम्मेदबार

सिन्धुपाल्चोक : नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकका पुराना माओवादी नेता प्रेमप्रसाद सापकोटा राजेन्द्रलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार चयन गरेको छ ।  पार्टीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका– ४, कुबिण्डेका सापकोटालाई उम्मेदवार बनाएको हो । 

जनयुद्धकालमा भूमिगत हुँदै सैन्य तथा राजनीतिक दुवै फाँटमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सापकोटा शान्ति प्रक्रियापछि वाइसिएललगायत पार्टीका विभिन्न मोर्चा तथा केन्द्रमा सक्रिय रहँदै आएको नेकपाका नेता अग्नीप्रसाद सापकोटाले बताए ।

‘सादगी जीवनशैलीका लागि परिचित उनी पार्टीभित्र अनुशासित र जनमुखी नेताका रूपमा चिनिन्छन्’,सापकोटाले भने । उनको उम्मेदवारी बुधबार बिहान औपचारिक रूपमा टुंगो लागेपछि मनोनयन दर्ताका लागि हेटौंडा प्रस्थान गरेका छन् ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई उम्मेदवारीको टिकट हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.