प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारी भइरहेको छ : आयोग

प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारी भइरहेको छ : आयोग
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारी भइरहेको जनाएको छ। शुक्रबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नमुना मतपत्र छाप्नेदेखि आचारसंहिता कार्यान्वयनका विषयमा आवश्यक तयारी भइरहेको बताएका हुन्। 

प्रवक्ता भट्टराईले प्रत्यक्ष तर्फको पाँच लाख र समानुपातिक तर्फको पाँच लाख गरी जम्मा दस लाख नमुना मतपत्रहरू छपाइ गरेर सकिएको जानकारी दिए। नमुना मतपत्र वास्तविक मतपत्र भन्दा सानो र प्रतिकात्मक रूपमा अर्कै चिन्ह राखिएको उनले बताए। उनले मतदातालाई मतदानको अभ्यास गराउन नमुना मतपत्रको रंग भने यथावत राखिएको उल्लेख गरे। निर्वाचन कार्यक्रम समानुपातिक सूचीलाई मिलाउन समय दिने र मिलाएर कानुनसम्मत बनाएर सूचि पेस गर्नका लागि दलका प्रतिनिधिहरूले चासो व्यक्त गरेको उनको भनाइ छ । 

प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिता पालन गराउने र निर्वाचनको प्रचारप्रसार गर्ने, मतदाता शिक्षा दिने विषयमा आयोगले सामाजिक सञ्जालहरूको सकारात्मक प्रयोगलाई प्रवर्द्धन गर्ने र नकारात्मक प्रयोगलाई नियमन नियन्त्रण गर्ने नीति लिएको जानकारी दिए।  

निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकहरूलाई सम्पर्क गर्ने काम गरेको र निर्वाचन अभियानमा विगतमा जस्तै सहयोग गर्नको लागि प्रतिबद्धता जनाएको आयोगले जनाएको छ। त्यसैगरी यसपटक पनि अन्तर जिल्ला मतदान गर्ने व्यवस्था गर्न नसकिएको आयोगको भनाइ छ। 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.