कांग्रेस विशेष महाधिवेशन : मतदान भोलिलाई सर्यो
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको निर्वाचन कार्यतालिका परिवर्तन भएको छ। निर्वाचन समितिका अनुसार मनोनयन दर्ता र मतदानको समय परिवर्तन भएको हो।
निर्वाचन समितिका अनुसार मनोनयन दर्ता मंगलबार साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ भने मतदान भोलि (बुधबार)लाई लागि सारिएको छ। यसअघि आजै राति ९ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक भएको थियो।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता चलिरहेकाले मतदानको समय भोलिलाई सारिएको बताइएको छ। संस्थापनका पक्षका नेताहरूले भने वार्ता सकारात्मक रहेको र रातभरिमा सहमतिको बिन्दुमा पुग्ने दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !