जाडोलाई चुनौती दिँदै रुकुम पूर्वमा राष्ट्रपति रनिङ शिल्ड

जाडोलाई चुनौती दिँदै रुकुम पूर्वमा राष्ट्रपति रनिङ शिल्ड

रुकुम पूर्व : निर्वाचनको दिन नजिकिँदै गर्दा माघको ठिहिर्‍याउने जाडोलाई पनि चुनौती दिँदै रुकुम पूर्वमा १७ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । डाँडाकाँडामा सेताम्मे हिउँ हुँदाहुँदै पुथा उत्तरगंगा गाउँपालिका–१० स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । 

गाउँपालिकास्तरीय छनोट प्रतियोगिता सम्पन्न भएसँगै जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वको आयोजनामा पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाबाट छनोट भएका खेलाडीहरूले प्रतियोगितामा प्रतिष्पर्धा गरिरहेका छन् । चिसो मौसमका बाबजुद खेल मैदानमा खेलाडी, प्रशिक्षक र दर्शकको उत्साहले प्रतियोगितालाई थप रोचक बनाएको छ । 

nullप्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाको प्रदेश मामिला तथा कानुन समिति सभापति दिलकुमारी बुढामगरले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् । उनले यस्ता प्रतियोगिताले गाउँस्तरमा रहेका प्रतिभालाई राष्ट्रिय मूलधारमा ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । 

लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन मगरले आफ्नो निर्वाचन क्षेत्रमा शैक्षिक सुधारसँगै खेलकुद पूर्वाधार निर्माणमा समेत जोड दिएको बताएका छन् । सांसद पुनले खेल अनुशासन र नियमको विषय भएकाले निष्पक्ष रूपमा प्रतियोगिता सञ्चालन गर्न आयोजक र रेफ्रीलाई आग्रह गरे ।

जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले खेलकुद विकासका लागि पालिकाले लगानी बढाउँदै लगेको बताएका छन् । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पनि खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिष्पर्धा गर्न शुभकामना दिए ।

null

आयोजक पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले विकट भूगोल र चिसो मौसमका बाबजुद प्रतियोगितालाई सफल बनाउन पालिका प्रतिबद्ध रहेको बताए । कार्यक्रमका अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका संयोजक एवं लुम्बिनी प्रदेश खेलकुद परिषद् हरिबहादुर थापाले रुकुम पूर्वमा खेलकुदको प्रचुर सम्भावना रहेको औंल्याउँदै खेलाडीहरूलाई अनुशासन र खेल भावना कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

प्रतियोगितामा छात्र तथा छात्रातर्फ भलिबल, एथलेटिक्स, मार्सल आट्र्स लगायतका विभिन्न विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताले जिल्लाका उदीयमान खेलाडीहरूलाई नयाँ ऊर्जा र अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.