१०.२५ अंकले घट्यो नेप्से परिसूचक,कारोबार रकम ८ अर्बमा झर्‍यो

१०.२५ अंकले घट्यो नेप्से परिसूचक,कारोबार रकम ८ अर्बमा झर्‍यो
सुन्नुहोस्

काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा अडिएको छ।  नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार १० अर्ब बराबरको सेयर कारोबार भएकोमा यसदिन ८ अर्ब बराबरको मात्रै कारोबार भयो।

३२४ स्क्रिप्सको  २ करोड १७ लाख  १५ हजार ८६८ कित्ता सेयर ८ अर्ब ६१ करोड ६४ लाख  १० हजार १३२ रुपैयाँमा खरिदबिक्री भए। सेयर बजार दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। आँखु खोला जलविद्युतले ४० करोडको सेयर कारोबार गर्दा रिडी पावरको ३८ करोड,युनियन हाइड्रोपावरको ३२ करोड र अरुण कावेली पावरको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ७४ वटा स्टक्सको मूल्य बढ्दा १७९ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुअल फण्ड र ट्रेडिङ समूहको सूचक बढ्दा बाँकी ११ वटा समूहको उपसूचक नकारात्मक देखिए।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.