काठमाडौं फर्किए पूर्वराजा
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन् । उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी शक्ति र समर्थकहरूको ठूलो भीड लागेको छ ।
उनलाई स्वागत गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा भेला भएका छन् । स्थानीय प्रशासनले विमानस्थलमा निषेधाज्ञा जारी गरेको भए पनि समर्थकहरुको भीड लागेको छ । विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस !