देशको भविष्य कोर्ने चुनाव हो, मतदान गरिदिनुस् : प्रधानमन्त्री


काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले देशको भविष्य कोर्ने भएकाले मतदान गरिदिन आग्रह गरेकी छिन् । ताप्लेजुङको पाथीभरा, फुङलिङ क्षेत्रका स्थानीय र सरकारी अधिकारीसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री कार्कीले यसपालिको चुनाव नियमित जस्तो मात्र नभई विशेष अवस्थामा हुन लागेकाले यसले देशलाई निकास दिने र भविष्य कोर्ने बताइन् ।

निर्वाचनको तयारी र हिमाली जिल्लाको चुनावी अवस्था जानकारी लिन ताप्लेजुङ पुगेकी प्रधानमन्त्रीले आज पाथीभरा माता मन्दिरमा दर्शन र पूजाआजा गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘म यहाँ चुनाव सफल होस् भन्नका लागि आएकी हुँ । तपाईहरू सबैले मतदान गरिदिनु होला । चुनावलाई शान्तिपूर्ण बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेलिदिनु होला ।’

प्रधानमन्त्री कार्कीलाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, पुजारी डिल्लीरमण पौडेललगायतले स्वागत गरेका थिए । पाथीभराबाट आजै प्रधानमन्त्री कार्की ताप्लेजुङको सदरमुकाम फुङलिङमा सरकारी अधिकारीहरूसँग छलफल गरेकी छिन् ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकलगायतले निर्वाचन तयारी र सुरक्षा अवस्थाका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार, ९० हजार ३२७ मतदाता र एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा दुई अस्थायीसहित ८२ मतदानस्थल तोकिएको छ । यीमध्ये चार मतदानस्थल भौगोलिक रूपमा विकट र हिमाली क्षेत्र रहेका छन् । अहिलेसम्म मौसम सामान्य रहेको र खासै प्रतिकूलता नरहेको भए पनि हिमपात भएमा मतदानका लागि कर्मचारी आवतजावत गर्न कठिन हुन सक्ने उनको भनाइ थियो ।

साथै मतपेटिका हेलिकप्टरबाट ओसार्ने व्यवस्थाका लागि उनले अनुरोध पनि गरे । अहिलेसम्म सुरक्षा अवस्था सामान्य रहेको, कुनै अप्रिय घटना नभएको र चारवटै सुरक्षा निकायबीच चुस्त समन्वय रहेका कारण आगामी दिनमा अझै सहज ढङ्गले निर्वाचन गतिविधि सम्पन्न गर्न सकिनेमा आफूहरू ढुक्क रहेको पनि बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.