सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : साताको पहिलो दिन आइतबार २३ सय रूपैयाँले बढेको सुनको मूल्यमा लगातार ३ दिन देखी गिरावट आएको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बुधबार) १ हजार ५०० रुपैयाँले घटेको हो। याे सँगै आज सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !