इलाम अत्यधिक प्रदूषित

इलाम अत्यधिक प्रदूषित
एआईबाट निर्मित
सुन्नुहोस्

काठमाडौं : वातावरण विभागको तथ्यांकले सोमबार र मंगलबार इलाम सबैभन्दा प्रदूषित देखायो। चौबिस घण्टाको विवरणमा सोमबार इलामको हावाको गुणस्तर (१८६ एक्यूआई ) पुगेको थियो। मंगलबार पनि १७५ थियो। विज्ञहरू यसलाई अत्यन्त नाजुक अवस्था मान्छन्। घण्टागत हिसाबले पनि इलामको एक्यूआई १७७ थियो। इलामपछि सुर्खेतको एक्यूआई १६२, रत्नपार्क र दागंको १५८ थियो। इलाम जस्तो पहाडी इलाकासमेत कसरी अत्यधिक प्रदूषित बन्यो ?

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले इलाममा प्रदूषणको तह एकदमै नराम्रो अवस्थामा देखिएको भए पनि प्रदूषणको स्रोत हेर्न बाँकी रहेको जनाए। सुवेदीले भने ‘हामीले इन्भेन्टरी बनाएको छैनौं। प्रदूषण कहाँ, केबाट निस्कियो भनेर हेर्न बाँकी छ।’ विभागको तथ्यांकले सोमबार र मंगलबार इलामको हावाको अवस्था अत्यन्त नराम्रो देखाएको अवगत रहेको जनाए।

सुवेदी भन्छन्, ‘अब प्रदूषण बढ्ने बेला हो। लामो समयदेखि पानी पर्न सकेको छैन। आगलागी र डढेलोको सिजन पनि सुरु भयो। अब त महिनौंसम्म प्रदूषण रहिरहन्छ। तापक्रम कम हुँदा, हावाको गति नहुँदा र वर्षा नहुँदा झनै प्रदूषण बढेको हो। आन्तरिक प्रदूषणका साथै बाहिरबाट पनि थपिने हुन्छ। ‘इलामतिर यति धेरै प्रदूषण बढनु क्रसबोर्डर इस्यु हुनसक्छ। त्यतातिर प्रदूषण बढ्नु भनेको क्षेत्रीय समस्या हो,’ उनले भने, ‘त्यता भारतको दक्षिण बोर्डरको प्रभाव छ। नजिकको प्रदूषित सहरबाट यहाँसम्म प्रदूषण आएको हुन सक्छ।’

सुवेदीले थपे, उद्योग तथा खेतीजन्य फोहोर जलाउँदा पनि प्रदूषणको समस्या हुने गर्छ। त्यहाँको प्रदूषण काठमाडौंसम्मै पुग्छ। भौगोलिक दूरी पनि नजिक भएकाले इलाममा झनै प्रदूषण बढेको हुन सक्छ। वायु प्रदूषणविज्ञ भूपेन्द्र दास प्रदूषणको कुनै सिमाना नहुने बताउँछन। हावाको माध्यमबाट प्रदूषण जता पनि फैलिन सक्छ। इलाममा हाल देखिएको प्रदूषण क्रसबोर्डर समस्या पनि हुन सक्ने बताए। हाल देखिएको एयर क्वालिटी इन्डेक्स (एक्यूआइर्) अत्यन्त खराब अवस्थामा पुगेको दासले जनाए। सरकारको राष्ट्रिय मापदण्डअनुसार सबैभन्दा राम्रो प्रति घनमिटर ४० माइक्रोग्राम हुनुपर्छ।

तर, नेपालका सहरहरूमा सय भन्दा माथि नै देखिन्छ। दासका अनुसार आन्तरिक स्रोतबाट निस्किएको प्रदूषणमा अरू पनि थप भएको हुनसक्छ। खेतीबालीबाट निस्केको अवशेष जलाउने, खेती सप्रिन्छ भनेर आगो लगाउने तथा घरायसी प्रयोजनका फोहोर जलाउने गर्दा धेरै प्रदूषण बढिरहेको छ। उनले भने, ‘विगतका तथ्यांकहरू हेर्दा पनि फेब्रुअरीदेखि अप्रिलसम्म अत्यधिक डढेलो लाग्ने भएकाले त्यसैबाट प्रदूषण निस्कने गर्छ। तर, नेपालमा मनसुन सिजनबाहेक सधैंभरि वायु प्रदूषणको समस्या रहिरहन्छ।’

तर, इलाम नगरपालिकाका प्रमुख केदार थापाले स्थानीय रूपमा हेर्दा प्रदूषण बढ्ने कुनै क्रियाकलाप नभएको प्रतिक्रिया दिए। सडक निर्माण भइरहेको भए पनि अत्यधिक प्रदूषण निस्किने कुनै पनि काम नभएको बताए। नगरपालिकाले पहिलादेखि नै फोहोर जलाउने काममा निरुत्साहित गर्दै आएको र यतिबेला चिया फ्याक्ट्रीहरू पनि बन्दै रहेको जानकारी दिए। त्यसैले पनि अन्तैबाट प्रदूषण आएको हुन सक्छ। थापाका अनुसार विभागले स्थापना गरेको प्रदूषण नाप्ने स्टेसन सदरमुकामबाट करिब ३० किलोमिटर पर इलाम र पाँचथरको सिमानामा रहेको बताए। उक्त स्थान उच्च रहेकाले प्रदूषण हुनु नपर्ने बताए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.