कोरियाको रेलमा नेपाल चिनाउने भिडियो

कोरियाको रेलमा नेपाल चिनाउने भिडियो
सुन्नुहोस्

दक्षिण कोरिया : नेपालको पर्यटन प्रवर्धनका लागि दक्षिण कोरियाको सार्वजनिक रेलमा नेपाल चिनाउने भिडियो सामग्री प्रदर्शन भइरहेको छ। कोरियास्थित नेपाली राजदूतावासको पहलमा सउल–बुसान रुटमा सञ्चालन हुने केटिएक्स तीव्र गतिको रेलमा नेपाल चिनाउने प्रवर्धनात्मक भिडियो प्रदर्शन भइरहेको छ।

नेपालको पर्यटन प्रवर्धनका लागि टेवा पुग्ने गरी राजदूतावासले तयार पारेको उक्त भिडियो १७ सेकेन्डको छ। भिडियोमा नेपालको ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाका दृश्यहरू समेटिएका छन्। लुम्बिनी, सगरमाथा, चितवन राष्ट्रिय निकुञ्ज, स्वयम्भूनाथ स्तूप र बौद्ध स्तूपलगायत क्षेत्रहरूको आकर्षक दृश्यहरू भिडियोमा समावेश गरिनुको साथै नेपाली कला, संस्कृति र जीवनशैली झल्काउने केही छोटा भिडियो क्लिपहरू प्रस्तुत गरिएको छ।

फेब्रुअरी १ देखि उक्त रेलमा नेपाल चिनाउने भिडियो दिनमा दुईपटक भन्दा बढी निःशुल्क प्रदर्शन भइरहेको नेपाली राजदूतावासले जनाएको छ। दैनिक हजारौं यात्रुहरू आवतजावत गर्ने दक्षिण कोरियाको सबैभन्दा व्यस्त र लोकप्रिय सउल–बुसान रेलमार्गमा नेपाल चिनाउने भिडियो प्रदर्शन हुँदा नेपालको पर्यटन प्रवर्धनका लागि टेवा दूतावासले विश्वास लिएको छ। विशेषगरी साहसिक पर्यटन, धार्मिक पर्यटन तथा सांस्कृतिक सम्पदामा रुचि राख्ने कोरियाली पर्यटकहरूलाई नेपालप्रति आकर्षित गर्न यो पहल प्रभावकारी हुने देखिन्छ।

राजदूतावासका अनुसार सीमित स्रोतसाधनका बीच कूटनीतिक पहल, निरन्तर संवाद र समन्वयमार्फत हासिल गरिएको यो सफलता दक्षिण कोरियामा नेपालको छवि प्रवर्धन गर्ने एक महत्वपूर्ण उपलब्धि हो। यस्तो पहलले नेपाललाई एक बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा कोरियाली समाजमा थप परिचित गराउने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.