सिन्धुपाल्चोकमा ३६ उम्मेदवारमध्ये ५ ले मात्रै खोले बैंक खाता

सिन्धुपाल्चोकमा ३६ उम्मेदवारमध्ये ५ ले मात्रै खोले बैंक खाता
सुन्नुहोस्

सिन्धुपाल्चोक : निर्वाचन खर्च प्रयोजनका लागि सिन्धुपाल्चोकमा हालसम्म ५ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्लाका २ निर्वाचन क्षेत्रमा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

त्यस्तै समानुपातिकमा २२ दल सहभागी छ। उनीहरुमध्ये अहिलेसम्म ५ जनाले मात्रै बैंक खाता खोलेको आधिकारिक जानकारी कार्यालयमा आएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी शर्मिला चौलागाईंले जानकारी दिइन्। ३१ जनाले अझै बैंक खाता नखोलेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। बैंक खाता खोल्नका लागि कार्यालयबाट २० जना उम्मेदवारले सिफारिस भने लिएको उनले जानकारी बताइन्।

निर्वाचन खर्च प्रयोजनका लागि फागुन ४ गतेभित्रै सबै उम्मेदवारले खाता खोलिसक्नुपर्नेमा हालसम्म पनि खाता नखोलेकाले उनीहरूलाई ताकेता गरिएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२’ जारी गरी कार्यान्वयनमा ल्याएको छ। यो कार्यविधिले उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समेत निर्वाचन प्रचार खर्च गर्नका लागि छुट्टा–छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ।

यता निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारका एकै घरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ। उम्मेदवारको चुनावी खर्चको अनुगमन जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भइरहेको आयोगले जनाएको छ। ‘आयोगबाट निर्देशन आएसँगै हामीले बैंक खाता निगरानी सुरु गरिसकेका छौं’, कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुपाल्चोकका कोष नियन्त्रक एवम् सूचना अधिकारी महेश तिमल्सिनाले बताए।

निर्वाचन सम्बन्धी सबै खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि धेरै उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवारसहितको खातामा निगरानी बढाएको हो। बैंक खातामार्फत चुनाव खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरुको बैंक खाताको कारोबारमा निगरानी बढाएको जनाएको छ।

निर्वाचन आचार संहिता अनुगमन समितिले पनि जिल्लामा तीव्र रूपमा अनुगमनको काम गरिरहेको समितिका प्रवक्ता सहायक प्रमुख अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए। हालसम्म जिल्लामा सामान्य छिटपुट बाहेक आचारसंहिता उल्लंघनका घटना नभएको उनले बताए। केही ठाउँमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाउन सचेत गराएपछि हटाइएको उनले जानकारी दिए। हालसम्म जिल्लामा आचारसंहिता उल्लंघनका तीनवटा उजुरीहरू परेको र ती उजुरीमाथि छानबिन भइरहेको समितिले जनाएको छ।

त्यस्तै जिल्लामा निर्वाचनका लागि तीव्र गतिमा काम भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विभिन्न मतदान केन्द्र तथा स्थलका लागि कर्मचारी खटाइएको र नियुक्ति बुझ्ने काम धमाधम भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकेको र हाल मतपत्र रुजु र प्याकिङको काम भइरहेको निर्वाचन क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत हेमा पाण्डेले जानकारी दिइन्। जिल्लाका विभिन्न मतदान केन्द्रमा १७ गतेबाट मतपत्र लगायत निर्वाचन सामग्री पठाउने र १८ गतेसम्ममा सबै केन्द्रहरूमा सामग्रीहरू पुगिसक्ने उनले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.