देशको बागडोर केहि दिनमै जनप्रतिनिधिको हातमा पुग्दैछ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले देशको बागडोर केहि दिनभित्रै जनप्रतिनिधिको हातमा पुग्ने बताएकी छन् । देशबासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू सधैँ न्याय र निष्ठाको पक्षमा उभिएको बताएकी छिन् ।
‘अब केही दिनमा यो देशको बागडोर तपाईहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ,’ कार्कीले भनिन् । उनले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको समेत बताएकी छन् । चुनाव नजिकिँएको बताउँदै अब केही दिनमै जनप्रतिनिधिले देश चलाउने उनले बताइन् ।
होलीको शुभकामना दिँदै आउँदो प्रतिनिधि सभाको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन पनि उनले आग्रह गरिन् । ‘आउनुहोस्, होलीको खुशी साटौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔं ।’
प्रतिक्रिया दिनुहोस !